जेसिज प्रेसिडेण्ट सुपर–८ क्रिकेट कप शनिबारदेखि

  • प्रकाशित मितिः मंसिर, 15, 2074
  • पहिलो किताब संवाददाता

विराटनगर/ ‘जेसिज प्रेसिडेण्ट सुपर–८ क्रिकेट कप’ शनिबारदेखि विराटनगरमा आयोजना हुने भएको छ । कर्पोरेट हाउससँगको सम्बन्ध विकासका लागि विराटनगर जेसिजले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

जेसिजका अध्यक्ष श्यामसुन्दर पौडेल (मिलन) प्रतियोगिता बारे जानकारी दिदैं ८ टिमको सहभागिता रहने खेल स्नातकोत्तर क्याम्पसको मैदानमा आयोजना गर्ने बताए ।
६ ओभरको क्रिकेट प्रतियोगितामा देवेनरा ग्रुपसँग फुजिमा आयल, भन्सार एजेन्ट विरुद्ध सारडा ग्रुप, कुमारी बैंक विरुद्ध नेपाल एसबीआई बैंक र हिमालयन बैंक विरुद्ध मनमोहन पोलिटेक्निकले खेल्नेछन् । पहिलो चरण पार गर्ने टीम सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ३ लाख रुपैँया अनुमानित लागत लाग्ने बताइएको छ ।

फाइनलका विजेता र उप–विजेतालाई ट्रफी प्रदान गरिने छ । खेलमा हरेक टिमले १५ हजार रुपैँया प्रवेश शुल्क बुझउनुपर्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved