आज धरान ८ र १७ वीच भीडन्त

  • प्रकाशित मितिः पुष, 29, 2074
  • पहिलो किताब संवाददाता

धरान ÷१८ औ रेडबुल गोधुली फुटबल रनिङ कप २०७४ को फाईनल खेल गोधुली फुटबल रनिङ कपको दोश्रो सर्वाधिक विजेता वडा नं. ८ र आयोजक वडा नं. १७ बिच हुन भएको छ ।
आज (शनिबार ) हुने फाईनल खेलमा राष्ट्रिय खेलाडी हेमन्त थापा मगरको कप्तानीमा धरान १७ का खेलाडी मैदानमा उत्रनेछन भने धरान ८ को कप्तानीमा उदयमान खेलाडी हेम लिम्बु रहेका छन । यस भन्दा अगाडी १५ औ संस्करणको फाईनलमा समेत यि दुई वडा बिच खेल हुदा“ वडा नं. ८ ले बाजी मारेको थियो । भोलीको खेलमा खेलाडीहरुको आधारमा राष्ट्रिय खेलाडीहरु प्रकाश बुढाथोकी र सुरज सुनार रहेको वडा नं. १७ को टिम युवा खेलाडी सविन मगर, मनिष गुरुङ्ग रहेको वडा नं. ८ को टिम भन्दा बलियो देखिन्छ । तर जितको आधारमा हेर्दा ६ पटक फाईनलमा पुगी ४ पटकको विजेता वडा नं. ८ को अगाडी ५ पटक फाईनल पुगी १ पटक पनि विजयी हुन नसकेको वडा नं. १७ को टिम कमजोर देखिन्छ ।
पत्रकार सम्मेलनमा बोल्दै १७ का टिम म्यानेजर योगेन राईले बताए ”हाम्रो टिम हरेक पटक फाईनलमा विजयी नहुनुलाई एउटा दुर्भाग्यको रुपमा हेर्न सकिन्छ तर यस पटक भने यस अवसरको सदुपयोग गर्दै जसरी पनि जित्ने लक्ष्य लिएका छौ” । फाईनल खेलको बारेमा बोल्दै ८ का प्रशिक्षक तिर्थ मगरले बताए ”हामी रक्षात्मक खेल खेल्ने सोच बनाएका छौ । त्यसो गर्दा खेल टाई बे्रकरमा जाने र हाम्रो जित्ने सम्भावना बलियो हुनेछ” ।
एन्फा टेक्नीकल सेन्टरको खेल मैदानमा भोली दिउ“सो २ बजेबाट हुने सो फाईनल खेलका विजेता टिमले नगद रु १ लाख र उपविजेता टिमले नगद रु ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
व्यक्तिगत पुरस्कारमा भने सर्वाेत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफि, उच्च गोलकर्ता खेलाडीले रु ७ हजार सहित ट्रफि, सर्वाेत्कृष्ट गोलकिपर, सर्वाेत्कृष्ट रक्षक, सर्वाेत्कृष्ट मिडफिल्ड, उदयमान खेलाडी र फाईनल खेलका म्यान अफ द म्याचले जनही रु ५ हजार सहित ट्रफि प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट टिमले फिफा फेयर प्ले अर्वाडको ट्रफि हात पार्नेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved