सात किलो चरेससहित कैलालीबाट चारजना पक्राउ

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

कैलाली / कैलालीमा सात किलो चरेससहित चारजना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बाट सात किलो चरेससहित चारजनालाई बिहिवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमलसिंह ठगुन्नाको कोठाबाट चरेससहित चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई डेरा गरी बस्ने ठगुन्नासहित वकिलसिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्ना रहेका छन् । पक्राउ परेकाहरुसंग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved