नागरिकता संशोधन विधेयक : गुवाहटीमा दुई प्रदर्शनकारीको मृत्यु

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी । नागरिकता संशोधन विधेयक(क्याब)को विरोधमा भारतको असमको गुवाहटीमामा भएको प्रदर्शनमा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

असमका पुलिसका महानिर्देशक भाष्कर ज्योति महन्ताले झडपका क्रममा केही प्रहरी अधिकारीहरु पनि घाइते भएको जनाएका छन् । प्रहरीले प्रदर्शनकारीको मृत्यु प्रहरीको गोलीबाट भएको भनेर औपचारिक रुपमा भने बताउन चाहेको छैन ।

यद्यपि उनीहरुको मृत्यु प्रहरीको गोलीबाट नै भएको अनुमान गरिएको छ । प्रहरी अधिकारीले दुवै प्रदर्शनकारीको मृत्यु बुलेट इन्जुरीले भएको मात्रै बताएका छन् ।  उनीहरुलाई कसरी गोली लाग्यो भनेर जाँच गर्ने काम भइरहेको उनले बताए  ।

पीटीआईले गुवाहटी मेडिकल कलेज तथा हस्पिटलका अधिकारीहरुलाई उद्धृत गर्दै बताएअनुसार एक जनाको मृत्यु अस्पताल लैजानुअघि नै र एक जनाको अस्पतालमा उपचारका क्रममा भएको हो । बिहीबार असममा आन्दोलन निकै चर्किएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै असमवासीलाई आश्वासन दिएका छन् कि उनीहरू मध्ये कसैले पनि नागरिकता संसोधन विधेयक पारित भएपश्चात कुनै चिन्ता लिनुपर्दैन । यो विधेयकले उनीहरूको अधिकार, पहिचान र खुबसुरत संस्कृति खोस्न खोजेको छैन ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved