नक्कली भ्याट काण्डमा अर्का व्यापारीलाई ६ करोड १४ लाख विगो सहित मुद्दा दायार

  • प्रकाशित मितिः मंसिर, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली विजकको प्रयोग गर्ने एस एण्ड एस अफसेट प्रेसलाई  दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।  २ करोड ७९ लाख ७९ हजार १९५ रुपैयाँ विगो तथा भन्सार चोरी पैठारी गर्ने व्यक्तिहरु उपर विगो गाडी जफत गरी ३ करोड ३५ लाख रुपैयाँ  समेत गरी जम्मा विगो छ करोड चौध लाख सन्तानब्बे हजार एक सय पन्चानब्बे  विगो र विगोको दोब्बरसम्म जरिवानाको दावी सहित राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । 

भ्रेपलान्चोक, पोखरी चौरी स्थायी वसोवास भई हाल काठमाण्डौ महानगरपालिका -३२ वस्ने एस एण्ड एस अफसेट प्रेसका प्रोप्राईटर रामशरण गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको विभागले जनाएको छ।  

एस एण्ड एस अफसेट प्रेस  वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले ठहर गरेको छ । 

त्यस्तै, जिल्ला नुवाकोट विदुर नगरपालिका -८ बस्ने रन्जिप श्रेष्ठ समेत ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ७२ लाख विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा विभागले मुद्दा दायर गरेको छ । 

जिल्ला नुवाकोट विदुर नगरपालिकाका रन्जिप श्रेष्ठ, सन्तोष राई, सन्त बहादुर ओझा, बैतडी भट्नापुडचौर गाउपालिका-८ का कृष्णानन्द भट्ट र विरगञ्ज महानगरपालिका-३ का निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्वर प्लेटका गाडीहरु नेपालमा ल्याई नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरी राजस्व चुहावट गरेकोले उनीहरुमा अभियोग लगाएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved