मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

  • प्रकाशित मितिः मंसिर, 1, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा विभागले भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज र विराटनगरस्थित नोवेल मेडिकल कलेजमा छापा मारेको हो ।

पछिल्लो समय निजी मेडिकल कलेजहरु विद्यार्थीहरुसंग सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्ने विवादमा परेका छन् । विद्यार्थीहरुले बढी शुल्क लिने निजी कलेजविरुद्ध आन्दोलन गरिरहेका बेला विभागले छापा मारेको हो ।

‘हामीले कलेज र कलेज सञ्चालको समेत सम्पत्तिको बारेमा अनुसन्धान गर्दैछौँ ,’स्रोतले भन्यो ।

यता शिक्षा मन्त्रालयले भने बढी शुल्क लिने कलेजहरुलाई ठगी मुद्धा चलाउन गृहमन्त्रालयलाई निर्देशन दिईसकेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved