नेकपा इटहरीले दिए कडा चेतावनी : सडक विस्तार गर्दा भेदभाव गरे कडा कदम उठाउने

  • प्रकाशित मितिः कार्तिक, 28, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्तार गर्दा भेदभाव नगरी मापदण्डका आधारमा गर्न नेकपा इटहरीले माग गरेको छ ।

भारत र चीन जोड्ने राष्ट्रिय गौरवको योजनाको बाटोलाई मापदण्डअनुसार ८२.५ फिटको बनाउनुपर्ने भएपनि इटहरी चोक आसपासमा सोभन्दा कम चौडाइ कायम गरी निर्माण कार्य थालिएपछि विहीबार एक विज्ञप्ती जारी गर्दै नेकपा इटहरीले यस्तो माग गरेको हो ।

नेकपा नगर कमिटीका अध्यक्ष बहादुर सिंह (ज्वाला) र सचिव काशिनाथ दंगालको हस्ताक्षर रहेको विज्ञप्तिमा ‘छिमेकी मित्र राष्ट्र भारतबाट अर्को छिमेकी मित्र राष्ट्र चीन जोड्ने जोगमुनी–किमाथाङ्का सडक नेपाल र विशेष गरि पूर्वी नेपालको समृद्धिमा कोशेढुङ्गाको रुपमा कार्य गर्ने राष्ट्रिय गौरवको योजना हुँदा सो बाटोको निर्माण सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आईरहेका समाचारहरु, विचार र टिका टिप्पणी प्रति हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गम्भिर ध्यानाकर्षण भएको छ ।

विगतदेखि नै यस आयोजनाको निर्माण सम्बन्धमा विभिन्न सर्वदलिय, सर्वपक्षिय बैठक, भेलाहरुमा हाम्रो पार्टीले सो सडक मापदण्ड अनुरुप ८२.५ फिट चौडाई कायम गरि सम्पन्न गर्नु पर्छ भनि जोडदार माग गर्दै आएको व्यहोरा सर्वविदितै छ । आयोजना अगाडी बढाउने क्रममा जिल्ला सुनसरी, इटहरीस्थित आर्मी क्याम्पदेखि तरहरा सम्मको बाटो ८२.५ फिट चौडाई मापदण्ड अनुरुप नै बनाएको भएतापनि आर्मी क्याम्प देखि इटहरी आसपासको क्षेत्रमा ८२.५ फि भन्दा ज्यादै कम चौडा बनाई सडक निर्माण गर्न थालिएको भन्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आईरहेको हुँदा सम्बन्धित निकायलाई फरक फरक चौडाईको बाटो निर्माण नगर्न र भईरहेको सडक विस्तार अभिलम्व सच्याई सडक विस्तार गर्न ध्यानाकर्षण गराउँदछौं ।

यसरी एकै मापदण्ड अनुरुप सम्पन्न गर्नुपर्ने आयोजनामा समान मापदण्डको अवलम्बन नगरी विभेदपूर्ण ढंगबाट गरिने व्यवहारको आगामी दिनमा निरन्तरता भए हाम्रो पार्टी कठोर कदम चाल्न बाध्यहुने समेत जानकारी गराउँदछौं ।’ नेकपाको विज्ञप्तीमा भनिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved