कञ्चनपुर / कञ्चनपुरमा आज गुडिरहेको स्कूल बसमाथि रुख खस्दा दुई विद्यार्थी घाइते भएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि अचानक सालको रुख ढलेको थियो । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको प्रहरीले जनाएको छ ।
रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अनिरुद्र माध्यमिक विद्यालयको बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइतेको उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जानकारी दिए ।
घटनापछि उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘सडक छेउछाउका रुखहरूको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस् ।’सिमलफाटा तिर विद्यार्थी छोड्न गईरहेका वेला अकस्मात रूख वस माथि खसेको कञ्चनपुर प्रहरीले पुष्टि गरेको छ ।
इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्... ... ...
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजा... ... ...
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या ... ... ...
विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved