कांग्रेसमाथि सरकारका प्रवक्ताले लगाए आरोप दिनभर बीपी, रातभर विप्लव ?

  • प्रकाशित मितिः असार, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सरकारले नेकपा विप्लव समूहको हिंसाबारे प्रमुख प्रतिपक्षको धारणा माग गरेको छ । हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पस्ट हुनुपर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बास्कोटाले बताए ।

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा बोल्दै मन्त्री बास्कोटाले कांग्रेससँग विप्लव समूहबारे धारणा माग गरेका हुन् । उनको प्रश्‍न थियो, हिंसाप्रति कांग्रेसको धारणा के हो ? दिनभर बीपी, रातभर विप्लव ? चार तारामा शान्ति र लोकतन्त्रका तारा कता हराए ?


मन्त्री बास्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली कांग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको बताएका थिए । संविधान, कानुन र शान्तिकाविरुद्ध नेपाली कांग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे ।

भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका दुई जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली कांग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो । त्यसप्रति टिप्पणी गर्दै मन्त्री बास्कोटाले नेपाली कांग्रेसले कानुन, संविधानविपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दाबी गर्दै आपत्ति जनाए ।

मन्त्री बास्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानबिनका लागि संसदीय समिति गठन नहुने जिकिर गरे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सो हत्याकाण्डको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बास्कोटाले संसदीय समितिले छानबिन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved