मोरङमा आगलागीबाट रु ८० लाख बराबरको क्षति

  • प्रकाशित मितिः असार, 26, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ। बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved