धेरै कमाउने सूचीको पहिलो नम्बरमा टेलर स्विफ्ट

  • प्रकाशित मितिः असार, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / पप गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रिटी बनेकी छिन् । फेर्ब्सले बर्सेनि जारी गर्ने टप अर्निङ स्लेबमा उनले अभिनेता तथा खेलाडीलाई पछि पार्दै शीर्ष स्थानमा पुगेकी हुन् । २९ वर्षे गायिका १८५ मिलियन डलरसहित सबैभन्दा धेरै कमाउने सेलिब्रिटीको शीर्ष स्थानमा परेकी हुन् । उनी सन् २०१६ मा पनि यो सूचीको शीर्ष स्थानमा थिइन् ।

टेलरपछि ब्युटी ब्रान्डकी मालिक काइली जेनर १७० मिलियन डलरसहित दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा कान्ये वेस्ट, चौथोमा लियोनल मेस्सी र पाँचौंमा इद सेरिन रहेका छन् । टेलरले सन् २०१८ मा रेप्युटेशन स्टेडियम टुरपश्चात् आर्जन गरेको सम्पत्तिले उनलाई शीर्ष स्थानमा पुर्‍याएको बताइन्छ ।

उक्त टुरलाई फोर्ब्सले अमेरिकाको इतिहासमा सबैभन्दा धेरै कमाई गर्ने भ्रमणको संज्ञा दिएको छ । दोस्रो स्थानमा पर्न सफल काइली जेनर पहिलेदेखि नै सबैभन्दा कम उमेरमा आफ्नै बलबुँतामा बिलेयनियर बन्न सफल व्यक्तिको सूचीमा छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved