मेस्सीले जिते ‘इएसपिवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ अवार्ड

  • प्रकाशित मितिः असार, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले ‘इएसपिवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ अवार्ड जितेका छन् । गत सिजनको प्रदर्शनका आधारमा मेस्सीले ‘इएसपिवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ अवार्ड जितेका हुन् ।

यो पुरस्कार चर्चित सञ्चार संस्था ‘इएसपिएन’ले बर्सेनि दिने गर्छ । बुधबार सो संस्थाले पुरुष फुटबलतर्फको उत्कृष्ट खेलाडीको पुरस्कार ३२ वर्षीय मेस्सीलाई दिने घोषणा गरेको हो ।

यो पुरस्कार हरेक वर्ष फुटबल विधाबाट वर्षकै सर्वोत्कृष्ट खेलाडीलाई दिइन्छ । यो पुरस्कार सन् १९९३ बाटै प्रदान गरिँदै आएको छ ।

मेस्सीले अवार्ड जित्दा उनले आफ्ना खास प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भर्जिल भान डाइकलाई पछि पारे । जसमा मेस्सी पहिलो स्थानमा रहँदा रोनाल्डो दोस्रो, एमबाप्पे तेस्रो तथा भान डाइक तेस्रोमा रहे ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved