व्यापारिको हत्या गर्न आएका थिए भारतीय सापसुटर सिंह

  • प्रकाशित मितिः असार, 22, 2076
  • नवराज कट्टेल

विराटनगर / विराटनगर–९ स्थित एक होटलबाट हतियारसहित पक्राउ परेका भारतीय नागरिक नेपालमा व्यक्ति हत्याका लागि आएको खुलेको छ । मोरङ प्रहरीको नियन्त्रणपछि अनुसन्धानमा रहेका भारत सीतामणी ग्रामपञ्चायतका २२ वर्षिय कुनालकुमार सिंहसहितको समुह विराटनगरका एक सामान्यस्तरका व्यापारिको हत्या गर्ने योजनासहित आएको खुलेको हो ।

प्रहरीसँगको बयानमा उनले आफुसँगै आएको समूहका सदस्यमध्ये एकजना नेपाली समेत रहेको बताएका छन् । विराटनगरका व्यापारिको हत्या गर्ने योजनासहित नेपाल भित्रिएका सिंह र फरार रहेका अर्का भारतीय नागरिक सुटर थिए ।

उनीहरुले विराटनगरका एकजना सामान्य व्यापारीको हत्या गर्ने सुपारी लिइएको समेत खुलेको छ । प्रहरीले दुईथान पेस्तोल र आठ राउण्ड गोलिसहित सिंहलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्दाताका हतियारको कारोबारी रहेको आशंका गरिएपनि अनुसन्धान गर्दै जाँदा थप रहस्य बाहिर आएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरुसँग हतियार रहेको सुचना पाएपछि दिउँसोदेखि नै निगरानी राखेर राती नियन्त्रणमा लिइएको थियो ।

कोठामा दुईजना भारतीय नागरिक रहेको सुचना प्रहरीसँग थियो । तर, छापा हान्ने क्रममा एकजना मात्रै नियन्त्रणमा परेका थिए । उनीमाथि प्रहरीले विशेष अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा हतियारको कारोबारीसँगै सापसुटर रहेको उनले आफ्नो बयानमा लेखाएका छन् ।
प्रहरीको अनुसन्धानबाट घटना घटाउन संलग्न रहेका सबै व्यक्तिको पहिचान भईसकेको छ । तर, प्रहरीले अन्य व्यक्तिको खोजि गरिरहेको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved