काठमाण्डौ / बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भने अझै पनि भित्रिएको छैन । पूर्वी भूभागबाट मनसुन भित्र्याउने वायु प्रवेश गरेकाले मनसुनी गतिविधि बढेको हो ।’ महाशाखाका मौसमविद् वरुण पौडेलले भने । उनका अनुसार बिहीबार पश्चिम तराई र काठमाण्डौसहित मध्य क्षेत्रमा दिउँसो मौसम सफा भए पनि बेलुकीतिर भने पानी पर्ने संभावना छ ।
मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुले बताएका छन् । पछिल्लो साता काठमाण्डौ उपत्यकासहित देशभरिको तापक्रम बढेको थियो । तापक्रम वृद्धि भएपछि तराईको जनजीवन प्रभावित भएको थियो ।
गएको साता शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो । गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ ।
इटहरी/ भारत र चिन जोड्ने जोगवनी किमाथाङ्क सडक विस्... ... ...
सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिकामा बजा... ... ...
सुरुङ्गा/ आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई... ... ...
विराटनगर/ विराटनगर–१४ का सेमानन्द यादवको हत्या ... ... ...
विराटनगर / प्रदेश १ मा तीनवटा संसद अधिवेशन सकिएका ... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved