झापामा चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्तिले दिए एसइई

  • प्रकाशित मितिः चैत्र, 10, 2075
  • पहिलो किताब संवाददाता

झापा / आजदेखि शुरु भएको माध्यमिक तहको परीक्षा (एसइई)मा झापाबाट चार कैदीबन्दी र दुई न्यून दृष्टियुक्त व्यक्ति सामेल भएका छन् ।

कैदीबन्दीले झापा जिल्ला कारागारबाट नै परीक्षा दिएको शिक्षा विकास तथा समन्वय एकाई झापाका प्रमुख योगेन्द्र बरालले बताए । झापाकै दुई बाल कैदीबन्दीले भने बाल सुधारगृह सानोठिमीबाट परीक्षा दिइरहेका छन् ।

कारागारभित्र रहेका बन्दी विकास पुस्तकालयमा बसेर कैदीबन्दीले परीक्षा दिएका थिए । डिल्लीराज मावि कचनकवल र अनारमनी माविबाट एक–एक न्यून दृष्टियुक्त व्यक्ति तथा बुद्धआदर्श मावि, पथरिया मावि कचनकवल, हिमाली मावि पृथ्वीनगरबाट एक–एक जना अपाङ्गता भएका विद्यार्थी परीक्षामा सामेल भएको प्रमुख बरालले बताए ।

त्यसैगरी सरस्वती मावि जामुनखाडी परीक्षा केन्द्रबाट ६ जना सुस्तश्रवण भएको व्यक्तिले परीक्षा दिएका छन् । उनीहरु सबै कनकाई मावि सुरुङ्गाका विद्यार्थी हुन् । झापाबाट ५३ वटा केन्द्रमा १५ हजार ५८७ विद्यार्थी परीक्षामा सामेल भएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved