केन्द्राध्यक्षलाई निर्देशन : विद्यार्थीलाई प्रश्नको उत्तर नपढाउनु

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्राध्यक्षलाई वर्षदिनसम्म पुस्तक पढाएका विद्यार्थीलाई परीक्षा केन्द्रमा प्रश्नको उत्तर नपढाउन निर्देशन दिइएको छ ।

तीनपछि आइतबारदेखि सुरु हुने एसईई परीक्षाका लागि मोरङका ६९ केन्द्रमा खटिएका केन्द्राध्यक्षलाई मर्यादित परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको हो ।

जिल्लास्थित माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रमेश केसीले एकवर्षसम्म पुस्तक पढाउने जिम्मेवारी पाएका शिक्षकले परीक्षामा प्रश्नको उत्तर पढाउन नमिल्ने बताएका हुन् ।

परीक्षालाई मर्यादित बनाउने जिम्मेवारी पाएका केन्द्राध्यक्षले आफ्नो भूमिकालाई विश्वसनिय बनाउनुपर्ने भन्दै जुनसुकै समयमा समेत छड्के परीक्षण हुनसक्ने बताइएको छ ।

जिल्ला समन्वयन समितिका सभापति नरेश पोरखेलले प्रत्येक परीक्षा केन्द्रमा पारदर्शित ढंगले परीक्षा गर्न आग्रह गरेका छन् । अनुभव प्राप्त केन्द्राध्यक्षलाई परीक्षा सञ्चालन कार्यविधी बारे अभिमुखीकरण गराउन आवश्यक नरहेपनि जिम्मेवारी बनाउन मात्रै खोजिएको पोखरेलले बताएका छन् ।

एसईई समन्वय समितिका सदस्य सचिव एवं शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजेन्द्र बुढाथोकीका अनुसार मोरङमा १८ हजार ३५२ जना परीक्षार्थी रहेका छन् । नियमिततर्फ १७ हजार ६८ र ग्रेडबृद्धितर्फ २८४ विद्यार्थी सहभागी हुनेछन् । जसमध्ये प्राविधिक परीक्षा लेख्ने विद्यार्थीको संख्या ४ सय ३४ रहेको छ ।

परीक्षालाई भयरहित वातावरणमा सञ्चालन गर्नका लागि हरेक परीक्षा केन्द्रमा १५ जना सुरक्षााकर्मी परिचालन गरिने भएको छ । मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार परीक्षामा केन्द्र परिसरमा कुनैपनि हुलहुज्जतको अवस्था आएमा नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गरिने छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved