जीपी फाउण्डेशन, विराटनगरमा होली मिलन समारोह

  • प्रकाशित मितिः चैत्र, 6, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / जीपी कोइराला फाउण्डेशन प्रदेश नं १ कार्यालय विराटनगरले आज यहाँ होली मिलन समारोह आयोजना गरी भव्यरुपले फागु पर्व मनाएको छ ।

‘एकता र सामाजिक सद्भावको प्रतीक’ रहेको होली पर्वले सबैलाई सुख, शान्ति र उत्तरोत्तर प्रगति रहन सफलता मिलोस् शुभकामना पनि सहभागीले आदानप्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, प्रदेश सभासदस्य सावित्रा रेग्मी, बिन्दीया कार्की, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का विनोद ढकाल, प्रदेश प्रमुख सचिव केदार न्यौपाने, प्रदेश प्रहरी प्रमुख केदार रिजाल, आन्तरिक मामिला तथा कानून सचिव गोपाल पराजुली, विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारी, चिकित्सक, सञ्चारकर्मीको उपस्थिति थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved