श्रम तथा रोजगार प्रादेशिक कार्यालय विराटनगरमा बैंक काउन्टर राखिदैं

  • प्रकाशित मितिः चैत्र, 5, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / श्रम तथा रोजगार प्रादेशिक कार्यालय विराटनगरमा बैंकको शाखा विस्तार गरिने भएको छ ।

श्रम स्वीकृतिका लागि आउने सेवाग्राहीले अपनाउनु पर्ने प्रक्रिया पु¥याउने नाममा बिचौलिया हावी हुने देखिएपछि कार्यालय परिसरमै बैंकको शाखा विस्तार गर्ने तयारी थालिएको हो ।

प्रादेशिक कार्यालयका प्रमुख प्रेमप्रसाद सन्जेलका अनुसार राजश्व र बिमा वापतको रकम दाखिला गर्न मिल्ने बैंकको काउन्टर शाखा कार्यालय परिसरमा राखिने छ । प्रभु विकास बैंकको काउन्टर शाखा स्थापना गरेर सेवाग्राहीलाई एउटै छानामुनीबाट कामसक्ने वातावरण तयार गर्न लागिएको उनले जानकारी दिए ।

सेवाग्राहीले पुनः श्रमस्वीकृति लिनका लागि पाँच हजार ३३० रुपिँया बिमा वापत र एक हजार पाँचसय रुपिँया राजश्व बुझाउनु पर्दछ । अनलाइन फारम भराउने सेवाग्राहीसँग बैंकमा रकम जम्मा गर्ने जिम्मेवारी लिएवापत एक हजार रुपिँयासम्म बढी लिने गरेको पाइएपछि कार्यालय परिसरमै शाखा काउन्टर राख्नु लागिएको छ ।

यातायातको सहज र सस्तो बजार रहेको विराटनगरमा सेवाग्राहीको अधिक भीड लागेपछि सेवाप्रवाहलाई सहज बनाउन लागिएको हो । अनलाइन फारम भरेका सेवाग्राहीले सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालय वा श्रम विभाग जहाँबाट भएपनि सेवा लिन पाउछन् । यातायातको सहज पहुँच र सस्तो रहेको विराटनगर धेरै सेवाग्राहीको आकर्षक कार्यालयमा परेको छ ।

कार्यालयबाट दैनिक १ सय २० सेवाग्राहीले सेवा पाउँदै आएका छन् भने त्यतिकै संख्यामा रहेका सेवाग्राहीले पालो पर्खेर पाँचदिनसम्म बस्नुपर्ने बाध्यता रहँदै आएको छ । एक सेट मात्रै कर्मचारीको भरमा सेवा दिनुपर्ने बाध्यताले सेवाग्राहीले छिटोमा पाँचदिन ढिलोमा सातदिनसम्म टोकन लिएर पर्खनु परिरहेको छ ।

तत्काल थप एकसेट कर्मचारी थपेर स्रोत र साधनको व्यवस्थापन मिलाउन सके सेवाप्रवाहमा सहजता ल्याउनसक्ने कार्यालय प्रमुख सन्जेलको भनाई छ ।

माघ २४ गतेदेखि सुरु भएको श्रमस्वीकृतिको काम फागुन महिनाभरमा तीन हजार ५५ जनाले लिईसकेका छन् । माघमा ५६० जनाले सेवा लिएका थिए भने फागुनमा दुईहजार ४९५ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved