सर्वोच्चले भन्यो – कार्यविधि मिचिएको छैन

  • प्रकाशित मितिः पुष, 19, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुनसरी कांग्रेसका प्रभावशाली नेता हेमकर्ण पौडेल लगायतका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यविधि र मान्यता मिचेर फैसला गरेको भन्दै विपक्षि दुर्गा अधिकारीले लगाउँदै आएको आरोप गलत भएको सर्वोच्चले स्पष्ट पारेको छ ।

फैसलाको विषयमा आएका समाचार प्रति असन्तुष्टि प्रकट गर्दै सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्ति नै जारी गरेर माघ–७ गतेको पेशि रहेको मुद्दालाई मंशिर –१७ मा नै ल्याएर सर्वोच्चको कार्यविधि र मान्यता मिचेर फैसला भएको भन्दै आएका समाचारहरु प्रति सर्वोच्च अदालतले असन्तुष्टि समेत प्रकट गरेको छ ।

कांग्रेस नेता पौडेल लगायत विरुद्द परेको सो मुद्दाका पेशि तारिख भरपाई र हर्दाहेर्दैको पेशिको जानकारी पत्रमा समेत उल्लेख रहेको मंसिर –१७ गतेको मितिमा नै फैसला भएको र सो मुद्दामा कम्प्युटरमा डाटा चढाउने काममा भएको त्रुटिलाई मात्रै आधार बनाएर विपक्षीले गरेको प्रचार गलत भएको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

कम्प्युटरमा अभिलेख राख्ने क्रममा करिव–३० मिनेट मात्रै त्यस्तो हुन गएको र जसलाई पछि अन्य कागजातमा रहेको विवरण अनुशार नै सच्चाएको समेत सर्वोच्चले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

कांग्रेस नेता पौडेलसहित माथि परेको मुद्दामा सर्वोच्चले फैसला गरेपछि विपक्षी अधिकारीले सर्वोच्चको कार्यविधि र मान्यता विपरीत फैसला गरेर सफाई दिएको भन्दै प्रचार थालेका थिए । उनले सर्वोच्चको फैसलाका विरुद्दमा न्यायपरिषदमा उजुरी गरेको भन्दै संचारमाध्यमलाई उजुरी पत्र समेत पठाएका थिए । तर न्यायपरिषद कार्यालयले भने सो मुद्दाका विषयमा कुनै उजुरी नआएको र नपरेको जनाएको छ ।

विपक्षि अधिकारीसँग उजुरीका विषयमा जिज्ञासा राख्दा उनले आफुँ उजुरी लिएर गएको तर न्यायपरिषद कार्यालयले दर्ता गर्न अस्विकार गरेको जिकीर गरेका छन् ।

कांगे्रस नेता पौडेल लगायतको मुद्दामा केहि दिन अघि मात्रै अवकाश पाएका पुर्व प्रधानन्याधिश ओम प्रकाश मिश्रले कार्य्विधि र मान्यता मिचेर फैसला गरेकोे भन्दै विपक्षी अधिकारीले उजुरी गर्ने वताएपछि यो विषय विवादमा तानिएको थियो ।

नेता पौडेल , कांगे्रसकै अर्का युवा नेता सुर्य राई, अजिश श्रेष्ठ र रोषन तामाङ विरुद्द दुर्गा प्रसाद अधिकारीले हालेको मद्धामा जिल्ला अदालत सुनसरी र तत्कालीन पुनरावेदन अदालत विराटनगरले अपहरण तथा शरीर बन्धकको आरोप पुष्टि सहितको फैसला सुनाएका थिए। जिल्ला र पुनरावेदनको आदेशमा चित्त नबुझाउँदै नेता पौडेल सहित सर्वोच्च पुगेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved