इटहरीमा“मेयर सँग कृषक” कार्यक्रम सञ्चालन गरिने

  • प्रकाशित मितिः पुष, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरीमा “मेयर सँग कृषक” कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषकका समस्या सुनेर समाधानका लागि पहल गर्न महिनामा एक दिन कृषक सँग अन्र्तक्रिया गर्न लागिएको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

कहिले देखि,कसरी र कुन दिन “मेयर सँग कृषक” कार्यक्रम गर्ने चाडै तय गरिने प्रमुख चौधरीले दिऐ । इटहरीका अगुवा कृषक वासु ढकालले यो कार्यक्रम कृषकका लागि प्रभावकारी हुने बताए ।

सर्वसाधारण कृषकले स्थानीय सरकार सँग आफना समस्या राखेर ती समस्या समाधान हुन सके त्यो फलदायी हुने ढकालको भनाई छ । वास्तविक कृषकको पहुच सरकार सँग नपुग्दा समस्या भइरहेको उनको तर्क छ ।

यसैविच इटहरीका बिभिन्न पाँच ठाँउमा कृर्षि गोष्ठि गरिने भएको छ । प्रत्येक गोष्ठिमा पचास जना कृषकको सहभागिता रहने छ । गोष्ठिमा विशेषगरि पशुको पोषण,रोग,उपचार र पशुविमाका वारेमा छलफल गरिने छ ।

पशुविमा गर्दा कृषकलाई फाइदा पुग्ने भएपनि घेरै कृषकलाई यस वारेमा जानकारीनै नभएको अगुवा कृषक वासु ढकालले बताए । उनका अनुसार सरकारको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लगानीनै पशुविमा हुन्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved