झापाको चन्द्रगढी विमानस्थल विस्तार गर्न ११ विघा जग्गा अधिग्रहण हुँदै : कति तोकियो मुआब्जा दर ?

  • प्रकाशित मितिः पुष, 17, 2075
  • पहिलो किताब संवाददाता

झापा / झापाको चन्द्रगढी विमानस्तल विस्तार गर्नका लागी सरकारले ११ विघा ८ कठ्ठा र १६ धुर जग्गा अधिग्रहण गर्ने भएको छ । विमानस्थलको स्तरोन्नतिका लागी जग्गा अधिग्रहण गरिने भएको हो ।

जिल्ला प्रसाशन कार्यालय झापाले विमानस्थलको पूर्व भद्रपुर–धुलाबारी सडक, पश्चिममा विमानस्थलको तारबार, उत्तर तथा दक्षिणमा विमानस्थलको नयाँ तारबार चारकिल्ला भित्र रहेको जग्गा अधिग्रहण गर्नका लागि मुआब्जा दर तोकेको छ । प्रशासन कार्यालय र विमानस्थल कार्यालयलले स्थानीय जनप्रतिनिधिसहित सरोकारवालासँगको छलफलपछि मुआब्जा दरसमेत तोकेको छ।

जसअन्तर्गत भद्रपुर–धुलाबारी सडकसँग जोडिएको जग्गाको प्रतिधुर १ लाख १० हजार, स्वर्ण महोत्सव मार्गसँग जोडिएको पूर्वतर्फका जग्गाको प्रतिधुर ७० हजार रुपैयाँ र स्वर्ण महोत्सव मार्गसँग जोडिएको पश्चिम तर्फको जग्गाको प्रतिधुर ५५ हजार रुपैयाँ मुआब्जा तोकिएको छ।

यसैगरी फाइल नक्सामा बाटो भएको तर, सो बाटोको लगत कट्टा नभएका जग्गाको प्रतिधुर ४५ हजार रुपैयाँ र माथि उल्लेख गरिएका क्षेत्रबाहेकका जग्गाको हकमा भने प्रतिधुर ३५ हजार रुपैयाँ मुआब्जा रकम तोकिएको छ।

प्राधिकरणले जग्गाको मुआब्जा रकम उपलब्ध गराउँदा बैंक खातामा ‘अकाउन्ट पे’ चेकमा मात्रै भुक्तानी गर्ने भएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved