आज राष्ट्रिय टोपी दिवसः यसरी भएको थियो टोपी दिवसको सुरुवात

  • प्रकाशित मितिः पुष, 17, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / आज देशभर राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ। नेपाली टोपीको प्रवर्द्धन गर्ने उद्देश्यले ६ वर्ष अघिदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा यो दिवस मनाउन थालिएको हो।

प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ। ढाकाटोपीले नेपाली जातीको पहिचान झल्काउँछ। पाल्पाली ढाकाटोपीलाई नेपालकै उत्कृष्ट ढाकाटोपी मानिन्छ। नेपालीहरुको राष्ट्रिय पोशाकमा रहेको ढाकाटोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिइन्छ। तर, नेपालका विभिन्न समुदायले आफ्नो पहिचान र परम्परा झल्किने खालका विभिन्न टोपी लगाउने गरेका छन्।

नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं बर्ष देखि लगाउने गरिएको छ। ढाका टोपी धेरै प्रकारका टोपी मध्येको एक नेपाली टोपी हो।

यसरी भयो टोपी दिवशको सुरुवात
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सार्वजनिक पेज स्थापना गरी पहिलोपटक जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन्।

सो घोषणामार्फत् काफ्ले र बन्जाडेले सबैलाई नेपाली टोपी लगाउन आह्वान गरे। उनीहरुकै घोषणा अनुसार सन् २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो।

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीले आज नेपाली टोपी लगाएर यो दिवस मनाउँदैछन्।

अन्तर्राष्ट्रिय टोली दिवसले नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रचार– प्रसार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

कतिपय संस्थाले आज सामुहिक रुपमा टोपी लगाउने कार्यक्रम नै आयोजना गरेका छन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved