विराटनगरको जोगवनी नाकाबाट कुवेत भन्दै दिल्ली हिँडेका तीन महिलाको उद्दार

  • प्रकाशित मितिः पुष, 14, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / कुवेत हिँडेको भन्दै दिल्ली हिँडेका तीन महिलाको विराटनगरको जोगवनी नाकाबाट उद्दार गरिएको छ । ति महिलालाई माइती नेपालले सहयोगबाट उद्दार गरिएको हो ।

करिब दिउँसोको ४ बजे ३ जना महिला जोगवानी नाकाबाट भारत जाँदै थिए । प्राय जसो जोगवनी नाका भिडभाड हुने गर्दछ । भिडभाडमा को आयो को गयो खासै मतलव हुदैन् । तर धेरै संघ संस्थाले नाकामा निगरानी गरि रहेकै हुन्छन् । निगरानी गर्ने क्रममा नेपाल प्रहरी र माइती नेपालका र्कमचारीलाई शंका लागेपछि सोधपुछ गरेका थिए ।

सोधपुछ गर्ने क्रममा उनिहरुले कुरा खोल्न नमानेपछि माईती नेपालका कर्मचारीले ति महिलाको अबस्थाको बारेमा शंकास्पद कुरा भएको महसुस गरेका थिए ।

शंका लागेपछि त्यहाँ भएका ३ जना मध्य एकजनाको परिवारसंग फोनमा कुरा गर्दा नेपालबाट नै जाने भनेर घरबाट हिँडेको भन्ने जवाफ दिएपछि उनीहरुले त्यहाँ भेटिएका तीनै जनालाई प्रहरीको सहयोगमा प्रहरी चौकी रानीमा राखेर थप सोधपुछ गरेका थिए ।

प्रहरीले उनीहरु मध्येका तीनजनाकै परिवारलाई फोन गरेर बुझ्दै जाँदा २ जना यस अघि पनि भारतको दिल्लीमा गएर काम गर्दै आएका र अरकी महिला कुवेत जाने भन्दै घरबाट हिँडेको प्रहरीलाई बताइन । आफु दिल्ली हुँदै कुवेत जान लागेको प्रहरीमा बताएको माईती नेपालका विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिए ।

प्रहरीले सोधपुछ गरी उनीहरुलाई माईती नेपालको जिम्मा लगाएको छ । दुई महिला भने यस अघि पनि ५ बर्ष दिल्लीमा बसेको सोधपुछबाट फेला परेको पाईएको पोखरेलले जानकारी दिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved