भोजपुरले विकासको मुहार फेर्दै , मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरु

  • प्रकाशित मितिः पुष, 13, 2075
  • पहिलोकिताव संवादताता

भोजपुर / भोजपुरले विकासको मुहार फेर्न थालेको छ । पुर्वी पहाडी जिल्ला भोजपुरका सडकहरु धमाधम कालोपत्रे हुन थालेका छन् । जसले गर्दा भोजपुरले विकासको मुहार फेर्न थालेको हो ।  भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको कालोपत्रे काम सुरु भएको छ ।सडकको स्तरोन्नति कामले गति लिएसँगै पहिलो प्याकेज अन्तर्गतको सेरा खोलादेखि भोजपुर सदरमुकाम सम्मको साढे ७ किमि दूरीको सडकखण्डमा कालोपत्रे काम थालिएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत दुई वर्षको समयावधिमा करिब एक अर्बको लगानीमा बन्ने उक्त राजमार्गको पहिलो र दोस्रो प्याकेजको कालोपत्रे काम ०७६ असोज मसान्तभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । भोजपुर–खोटाङको सिमानामा पर्ने चखेवाभञ्जाङसम्मको उक्त सडकखण्डको कालोपत्रे कामलाई चार प्याकेजमा विभाजन गरी पहिलो प्याकेज अन्तर्गतको कालोपत्रे सुरु गरिएको निर्माण ठेकेदार कम्पनी गोल्डेन कन्सट्रक्सनले जनाएको छ ।
०७४ असोज मसान्तबाट सुरु गरिएको सडक स्तरोन्नति ०७६ को असोज मसान्तसम्म पहिलो प्याकेज अन्तर्गत भोजपुर देउरालीदेखि सिद्देश्वर सेराखोला (दाँवा) सम्म र दोस्रो प्याकेज अन्तर्गतको सेराखोला ९दाँवा० देखि गुप्तेश्वरसम्मको सडकखण्ड कालोपत्रे बनाइने लक्ष्य लिएको कन्स्ट्रक्सनका साइट इन्चार्ज डाङी शेर्पाले बताए । “पहिलो प्याकेज अन्तर्गतको भौतिक संरचना र सब–बेस गर्ने कामपछि कालोपत्रे थालिएको छ,” उनले भने, “सेरा खोलादेखि देउरालीसम्मको प्याकेजमा थालिएको कालोपत्रे आउँदो माघ मसान्तसम्म सक्ने र आव ०७६/७७ मा बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड पनि कालोपत्रे गर्ने लक्ष्य लिएका छौं ।”
कालोपत्रेसँगै स्थानीयवासीमा खुसी छाएको छ । गाउँमै कालोपत्रे भएपछि धुलो, धुँवा त परै जाओस् कच्चि सडक हुँदाजस्तो यात्रा गर्न पनि असहज कम हुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका स्थानीय कविराज राईले सुनाए । उनले भने, “अब गाडीमा सरररर आरामले यात्रा गर्न पाइने भईयो । धुँवा र धुलो खाँदै गाडीमा जिउ नै दुख्ने गरी यात्रा गर्नुपर्ने दिन गए ।”
गाउँमै कालोपत्रे काम देखिएपछि धुलो, धुँवा त परै जाओस् कच्चि सडक हुँदा जस्तो यात्रा गर्न पनि असहजता कम हुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका स्थानीय कविराज राईले सुनाए । भने, ‘अब गाडीमा सररररर आरामले यात्रा गर्न पाईने भईयो । धुँवा र धुलो खाँदै गाडीमा जिउ नै दुख्ने गरी यात्रा गर्नुपर्ने दिन गए ।’ मध्यपहाडी लोकमार्गको सडकस्तरोन्नतीको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेजको स्तरोन्नती कार्य ०७७ सालको असोज मशान्तसम्म गरिसक्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ। पहिलो प्याकेज अन्तगतको उक्त सडकखण्डमा गत चैत मशान्तसम्म सब–वेसका सबै काम सकाएर ७० प्रतिशत वित्तीय काम र ३० प्रतिशत पेभमेन्टको काम बाँकी रहको थियो। ईन्चार्ज शेर्पाका अनुसार हाल पहिलो प्याकेजको कालोपत्रे कामबाहेक बाँकी तीन प्याकेजमध्ये दोश्रो प्याकेज महावीर कन्स्ट्रक्शनले ग्राभेलीङको ठेक्का गरिरहेको, तेश्रो प्याकेजमा ८० प्रतिशत र चौँथो प्याकेजमा ५५ प्रतिशत भौतिक संरचना र पेभमेन्टको काम सम्पन्न भएको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे सम्पन्न भएपछि काठमाडौं आवतजावतमा दुरी छोटिने हुँदा भोजपुरलगायतका छिमेकी जिल्ला संखुवासभा, ताप्लेजुङ, धनकुटाका यात्रुलाई सहज हुनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved