सप्तकोशीबाट गंगासम्म पानीजहाजको सम्भाव्यता अध्ययन गर्न भारतीय टोली आउँदै

  • प्रकाशित मितिः पुष, 12, 2075
  • पहिलो किताब संवाददाता

सुनसरी / नेपालकै सबैभन्दा ठूला नदी सप्तकोशीबाट भारत सम्म पानीजहाज चलाउने विषयमा अध्ययन टोली आउने भएको छ । सप्तकोशीबाट भारतको गंगा नदी हुँदै कोलकातासम्म पानीजहाज चलाउनका लागी सम्भाव्यता अध्ययन गर्न भारतीय अधिकारीसहित दुई देशीय टोली यहाँ आउने भएको हो ।

जल तथा ऊर्जा आयोगका सहसचिवको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहितको एक समितिले यस विषयमा काम गरिरहेको छ । गत असोजमा प्राविधिक तहको बैठक बसिसकेको छ भने अर्को बैठक आगामी पुसको अन्तिम साता बस्ने तयारी भएको छ ।

पुसको अन्त्यमा बस्ने बैठकपछि भारतीय सम्मिलित टोलीले सप्तकोशी नदीबाट जलयातायात सञ्चालन गर्ने विषयमा अध्ययन र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । दुई देशिय टोली सप्तकोशी जलयातायातको लागि सप्तरीको हनुमान नगर र नारायणी नदीको वाल्मिकीनगर क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भारत सरकारले बिहार, झाखण्ड, बनारसलाई समुन्द्रसँग जोड्ने गरी निर्माण गरिरहेको सतह जलमार्ग निर्माण अन्तिम चरणमा रहेको छ । उक्त सतह जलमार्गलाई नेपालमा समेत जोड्नका लागी नेपाल र भारतबीच सम्झौता भइसकेको छ । जसअनुसार अवलोकनको लागि टोली आउने भएको हो ।

नेपालले नारायणी नदी एन डब्लु ३७, मा २०१९ को अन्त्यसम्म प्रारम्भिक अध्ययन कार्य सक्नेछ । गण्डकबाहेक कोशी र कर्णाली नदीमा भने गहिराई कायम गरेर सोही अनुसारको जहाज कुदाउन सकिने बताईएको छ ।

भारतले सञ्चालनमा ल्याउने उक्त मार्गमा नेपालले आफ्नै जहाज सञ्चालन गर्न नेपाल सरकारले पनि कानूनको मस्यौदा बनाईरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणका क्रममा जलयातायात सञ्चालन गर्ने विषयमा महत्वपूर्ण सहमति भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देशलाई सागरसँग जोड्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved