शिक्षामा आमुल परिवर्तन गर्ने तयारीमा सरकार : यी हुन् मस्यौदामा गरिएका नयाँ व्यवस्था(सूचिसहित)

  • प्रकाशित मितिः पुष, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सरकारले शिक्षामा परिवर्तन गर्ने उदेश्यले ऐनमा संशोधन गरी नयाँ व्यवस्था गर्ने तयारी थालेको छ । सार्वजनिक विद्यालयहरुमा शैक्षिक स्तर खस्किँदै गएका बेला सरकारले नयाँ प्रावधान अघि सारेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पहलमा शिक्षामा आमुल परिवर्तन गर्ने उदेश्यले योजना अघि सारिएको छ । सरकारले अघि सारेको संशोधन प्रस्ताव मस्यौदाकै अवस्थामा छ । तर, मस्यौदाको प्रावधान ऐनमा समेटिए शिक्षामा गुणात्मक विकास हुनेछ ।

शिक्षामन्त्री पोखरेलले अघि सारेको सार्वजनिक सुधारको मस्यौदा बुँदा यस्ता रहेका छन्

१.देशभरका विद्यालय व्यवस्थापन समिति खारेज गरी विकास विद्यालय समिति रहने, समितिमा सात सदस्यीय हुने ।

२.निजी विद्यालयको शुल्क तथा शिक्षकको तलब सुविधा स्थानीय सरकारले तय गर्ने ।

३.सबै मावि तहमा प्रधानध्यापकको छुट्टै दरबन्दी बनाउने ।

४.लोक सेवा आयोगकै हैसियतको शिक्षक सेवा आयोग बनाउने ।

५.एमए तहमा प्रथम श्रेणी ल्याउनेले मात्र मावि तहको शिक्षक हुन पाउने ।

६.२०७८ सालदेखि सरकारी तलब सुविधा खानेले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने ।

७.पाँच वर्षपछि शिक्षकलाई अर्को विद्यालयमा सरुवा गर्ने ।

८.मावि तहको प्रधानध्यापक उपसचिव सरह हुने ।

९.प्रअको भत्ता तलबको १५ प्रतिशत हुने ।

१०.शिक्षकको कारवाही तथा पुरस्कारको अधिकार प्रअमा निहित रहने ।

११.शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा विद्यार्थीलाई सहभागी गराइने ।

१२.विद्यालयमा विद्यार्थीको अनुपातमा कर्मचारी रहने, सेवा सुविधा अब शिक्षक सरह ।

१३.शिक्षक दलको सदस्य हुन नपाउने, दलको सदस्य भए जागिरबाट अवकाश ।

१४.शिक्षकले आफ्नो योग्यता बढाएमा उसको तलब सुविधा पनि बढ्ने ।

१५.दिवा खाजा, पुस्तक, स्टेशनरी, पोशाक, शिक्षण शुल्कको आधारमा निःशुल्कको परिभाषा गर्ने ।

१६.स्थानीय तहमा समेत शिक्षा तथा सामाजिक विकास मन्त्री हुने ।

१७.आंगिक कलेज बिस्तार गरिने ।

१८.चार हजार बढी विद्यार्थी भएको सामुदायिक तथा आंगिक क्याम्पसलाई विश्वविद्यालय कलेज बनाइने ।

१९.माध्यमिक तहसम्मको प्राविधिक शिक्षा निःशुल्क गरिने ।

२०.एक क्याम्पसले कुनै एक विश्वविद्यालयबाट मात्रै सम्बन्धन लिन पाउने ।

२१.दुई सय कम विद्यार्थी भएको क्याम्पस समायोजनमा जानुपर्ने ।

२२.निःशुल्क र अनिवार्य शिक्षाको लागि संघले ७० तथा प्रदेशले १५ र स्थानीय तहले १५ प्रतिशत बजेट बहन गर्ने ।

२३.प्रअको अलग्गै पद, शिक्षक आयोगले छुट्टै परीक्षा लिई छनोट गर्ने ।

२४.स्रोत व्यक्ति नराख्ने, तीन वटा माविका लागि एक निरीक्षक नियुक्त गर्ने ।

२५.निजी स्कुल नाफामुक्त बनाउने ।

२६.मावि शिक्षा बन्न स्नातकोत्तरमा प्रथम श्रेणी हुनुपर्ने, योग्यता र तालिम बढाए सुविधा बढ्ने ।

२७.शिक्षकको सुविधा निजामती कर्मचारीभन्दा १० प्रतिशत बढाइने, शिक्षकबाटै शिक्षा अधिकारी बनाउने ।

२८.विद्यालय कर्मचारीलाई शिक्षक सरह सुविधा, एउटा विद्यालयमा कम्तिमा ५ कर्मचारी नियुक्ति गर्ने ।

२९.७ वर्षपछि मुलुकमा निजी विद्यालय नै नरहने, मावि तहमा विदेशी विद्यालयलाई निषेध गर्ने ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved