फरार रहेका डेढ दर्जन प्रतिबादी मोरङबाट पक्राउ

  • प्रकाशित मितिः पुष, 12, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / विभिन्न मुद्दामा फरार रहेका डेढ दर्जन प्रतिबादी प्रकाउ परेका छन् । मोरङ प्रहरीले विभिन्न स्थानमा रहेका फरार प्रतिबादीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ बुढिगंगा ४ का ५४ बर्षीय बुधलाल खवास, सोही स्थानका ६० बर्षीय सत्यनारायण खावास रहेका छन । उनीहरु ८ बर्षपछि पक्राउ परेका हुन् । यस्तै सवारी ज्यान मुद्दामा कटहरी ५ का ६३ बर्षीय ब्रहमदेव सरदार, नकवजनी चोरी मुद्दामा जहदा ३ का २७ बर्षीय संजय राजबंशी, सार्वजनिक अपराध मुद्दामा ग्रामथान ५ का ४५ बर्षीय सतिस माझी, ४६ बर्षीय चन्दुलाल थान्दार, ५० बर्षीय धौरी थान्दार, ५८ बर्षीय आसनारायण थान्दार, ७० बर्षीय बाबुराम थान्दार ३ बर्ष पछि पक्राउ परेका हुन । यस्तै दुनियावादी देवानी विविध मुद्दामा मोरङ २ का ४५ बर्षीय बलराम उराउ ८ बर्ष पछि पक्राउ परेका हुन् ।

सवारी ज्यान मुद्दामा मोरङ ग्रामथान २ का झुरबलाल मुडियारी ७ बर्ष पछि पक्राउ परेका हुन । जारी कैदमा ग्रामथान २ का ३८ बर्षीय बोधनारायण माझी र ३८ बर्षीया तारादेवी मण्डल ५ बर्ष पछि पक्राउ परेको जिल्ला पैहरी कार्यालय मोरङका डिएसपी घनस्याम श्रेष्ठले जानकारी दिनुभयो । नकवजनी चोरी मुद्दामा जहदा ३ का २७ बर्षीय संजय राजबंशी, ३८ बर्षीय बिपनारायण राजबंशी पक्राउ परेका हुन ।

लुटपिट मुद्दामा जहदा ३ का ४० बर्षीय सन्तोषी ऋषिदेव, गाली गलौज मुद्दामा जहदा ३ का ३० बर्षीया लक्ष्मीकुमारी राजभर, गाली बेईजती मुद्दामा जहदा ३ का ४५ बर्षीय शंकर राजभर र सवारी ज्यान मुद्दामा जहदा गाउपालिका २ का ५० बर्षीय मुर्मु सतार पक्राउ परेको प्रहरीले बताएको छ ।

सम्पूर्ण १९ जना प्रतिवादीहरूलाई नै जिल्ला अदालत मोरङमा पेश गरिएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved