सर्दु खोलाको पुल निर्माण अन्तिम चरणमा : दिइएको समय भन्दा १ बर्ष अघि नै काम सम्पन्न हुने

  • प्रकाशित मितिः पुष, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / धरान स्थित सर्दु खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । सुनसरी देखी हेटौँडा जोड्ने वैकल्पिक राजमार्गको रुपमा निर्माण भइरहेको धरान–हेटौँडा सडकखण्ड अन्तर्गत सर्दू खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

वैकल्पिक राजमार्गमा पर्ने धरान–हेटौँडा सडकखण्ड अन्तर्गत धरान–चतराको बीचमा पर्ने दुई वटा ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनियर आर्यन आचार्यले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गलाई जोड्ने उक्त सडकखण्डअन्तर्गत सुनसरीतर्फ पर्ने २५० मिटर लामो सर्दु खोलामा रहेको पुल र २५ मिटर लामो ठकुरी पुलको निर्माण अन्तिम चरणमा पुगेको हो ।

उक्त कम्पनीले सम्झौता मितिभन्दा एक वर्षअघि नै निर्माण गरी पुल हस्तान्तरण गर्ने योजना बनाएको जनाएको छ । इञ्जिनियर आर्चायले ती दुबै पुल निर्माणको अन्तिम चरणमा पुगेको र पटनाली पुल पनि तीव्र गतिमा निर्माण भएकाले तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण पूरा हुने बताए ।

उक्त कम्पनीले निर्माणको जिम्मा पाएको पटनाली, सर्दु र ठकुरी पुलको कूल लागत रु ५५ करोड रहेको र आगामी सन् २०१९ को डिसेम्बरसम्म समयसीमा रहेपनि करीब एक वर्षअघि नै निर्माण गर्ने योजना बनाएको हो । उक्त सडकखण्डमा ४३वटा पुल निर्माण गर्नुपर्नेछ।

दुइवटा ठूला पक्कि पुल निर्माण भएपछि स्थानिवासी पनि खुसी भएका छन् । धरान–चतरा सडक अन्तगृत बर्षायाममा बाढी आउने गरेको यि दुई खोलामा कष्टकर यात्रा गर्दै आएका यहाँका बासिन्दाहरुलाई अब भने सहज हुने भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved