संजेलको पक्षमा सडकमा आए नागरीक

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई नियोजित रुपमा गरीएको सरुवाको विषयललाई लिएर सामाजिक संजालमा सरकारको चर्को आलोचना भईरहेको समयमा इटहरीका सचेत नागरीकले भने सडकमा नै आएर संजेलको अभियानमा सहयोगको अपिल गरेका छन् । 
 
नियोजित रुपमा भ्रष्टाचार गर्न बानी परेकाहरुले आफुलाई सरुवा गरेको भन्दै उनले पत्रकार सम्मेलन नै गरेपछि उनी अहिले चर्चाको शिखरमा छन् । श्रम कार्यालयमा हुने भ्रष्टाचार रोक्ने कोशिस थालेपछि आफुलाई समय अगावै विनाकारण सरुवा गरेर आफुलाई अन्याय गरेको भन्दै उनी सरकार विरुद्द सार्वजनिक रुपमा नै विरोधमा उत्रिएपछि उनलाई सम्वन्धित कार्यालयमा नै फिर्ताका लागि सरकारमाथि दवाव सुरु भएको छ । 
 
देशभर संजेलको पक्षमा माहोल बन्दै गएपछि ईटहरीमा सामाजिक अभियन्ताको रुपमा चिनिएका नागरीकले संजेलको सरुवाको विरोधमा सडकमा नै प्रदर्शन गरेका हुन् । इटहरीको मुख्य चौक क्षेत्रमा प्लेकार्ड सहित संजेलको पक्षमा प्रदर्शन गरेका हुन् । सरकारलाई आँखा नचिल्लीन भन्दै दिउँसै मैन बत्ति बालेर उनीहरुले सरकारको खिल्ली उडाएका छन् । 
 
सरकारले दिएको जिम्मेवारी पुरा गर्ने क्रममा भष्ट्चार विरुद्धमा लागेर काम गरिएको समयमा आफुलाई तीन महिना नपुगी सरुवा गरिएको भन्दै उपसचिव सञ्जेलले विरोध जनाएका थिए । भष्ट्चार विरोधी अभियानमा लागेको कारण आफुलाई सरुवा गरिएको भन्दै सञ्जेलले आक्रोश पोखेको विषयले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमा स्थान पाएपछि उनको सरुवाको विरोधमा आवाज उठ्न थालेको हो । सञ्जेललाई श्रम कार्यालय विराटनगरवाट सिप विकास कार्यालय इटहरीमा सरुवा गरिएपछि उनको सरुवाको विषयले चर्चा पाउन थालेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved