अब प्रदेश नं. १ का विद्यालयमा झोला र किताब निषेध 

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रदेश नं. १ का विधालयमा सामाजिक विकास मन्त्रालयले अब किताब र झोला निषेध गर्ने भएको छ । पाईलट प्रोजेक्टका रुपमा प्रदेश नं. १ का एक सय विद्यालयबाट कार्य शुरु गरिन लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

१० बर्ष भित्रमा प्रदेश नं. १ का सवै विद्यालयबाट झोला र किताव निषेध गरिने उनको भनाई छ । आर्थिक बर्ष २०७५र०७६ मा मन्त्रालयबाट भएका कामबारे आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले समयको माग इ–एजुकेशन भएकाले मन्त्रालयले सो योजना अघि सारेको बताए ।

अमेरिकामा वसेर नेपालमा कक्षा हुने समय आईसक्यो, हामी कितावको भारी बोकाएर विद्यालय पठाईरहेका छौं उनले बताए ।

समयको गतिसँग चल्नका लागि यो कार्यक्रम शुरु गर्ने तयारी गरिएको उनको भनाई छ । उनले अभिभावकका लागि पनि शिक्षा आवस्यक रहेको बताए । उनले आगामी ५ बर्ष भित्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने दावी गरे ।

केही विद्यालयमा त्यसको लक्षण समेत देखा पर्न थालेको उानको भनाई छ । उनले विराटनगरको पोखरिया, सत्यनारायण झापा दकमको हिमालय मावि लगायतका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार हुँदै गएको बताए ।

प्रदेशमा ३ हजार १ सय ३६ प्रा.वि, ९७२ नि.मा.वि, ६७९ मा.वि र ४८९ उच्च मा.वि छन् । प्रदेश सरकारले निरक्षर मुक्त जिल्ला घोषणाको तयारी गरेको मन्त्री घिमिरेले बताए । उनले प्रदेशका १४ जिल्ला मध्ये ताप्लेजुङ र संखुवासभा बाहेक सबै निरक्षर मुक्त भएको बताए ।

प्रदेश संसद खुल्नासाथ मन्त्रालयले हरेक दिन विधेयक प्रस्तुत गर्ने उनले बताए । धेरै विधेयक तयार गर्नेमा सामाजिक विकास मन्त्रालय रहेको दावी गर्दै उनले ६ वटा विधेयक पाईप लाइनमा रहेको जानकारी दिए । संसद खुल्नासाथ हरेक दिन सामाजिक विकास मन्त्रालयको विधेयक प्रस्तुत गर्नेगरि तयारी भईरहेको मन्त्री घिमिरेको भनाई छ ।

गतिकासाथ काम अघि बढेको उनको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता उपसचिव गोपीप्रसाद घिमिरेले चालु आर्थिक बर्षको हाल सम्ममा ६ वटा विधेयक मन्त्रीपरिषद्बाट सैद्धान्तिक सहमति भई अन्तिम स्वीकृतिका लागि पठाईएको बताए ।

उनले हाल सम्म ९८ करोड २२ लाख १ हजार रुपैयाँ मन्त्रालयले निकासा गरेको बताए । करिव २७ दशमलव ३५ प्रतिशत वित्तिय प्रगति भएको बताए । मन्त्रालयले १३ वटा उत्कृष्ट सामुदायिक विद्यालय छनौट गरि ५ लाखका दरले सम्मान गरिएको जनाएको छ ।

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने गरि आवस्यक प्रकृया अघि बढाईएको मन्त्री घिमिरेले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved