अज्ञात समुहद्धारा मुगु खोलामा रहेको स्काभेटर तोडफोड

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / मोरङको केराबारी–५ स्थित मुगु खोलामा स्काभेटर तोडफोड भएको छ । अज्ञात समुहले बा १ क ८१५८ नम्बरको स्काभेटर तोडफोड गरेको हो ।

स्थानियले पटक–पटक विरोध गर्दापनि मुगु खोलामा उत्खनन भएपछि स्काभेटर तोडफोड भएको हो । यस अघि सोही क्षेत्रमा खोला दोहन गर्ने गाडिहरुलाई स्थानियले लखेटेका थिए ।

खोलाको स्थलगत अनुगमन गर्न गाउँपालिकाका कर्मचारी सहित जनप्रतिनिधिहरुको सर्वे टोली त्यहाँ पुगेका थिए । सर्वे टोली खोलामा पुगेका बेला स्थानियवासीले खोला दोहन भइरहेको र आफुहरु खोलाको उत्खनन् गर्न नदिने बताएका थिए ।

केराबारी मै रहेको खदम खोलामा पनि गएराती अवैध उत्खनन् भएको स्थानियले बताएका छन् । डाँगी पुच्छार ठुलो खाडीको पूर्वपट्टि नुनथला भन्ने ठाउँमा रातभर खोलाजन्य पदार्थ चोरी भएको स्थानियले आरोप लगाएका छन् । चोरीको विषयमा प्रहरीलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाएको गुनासो स्थानियले गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved