अन्तर्रा्ष्ट्रिय केःलाङ महोत्सव शुरु

  • प्रकाशित मितिः फाल्गुन, 8, 2074
  • पहिलो किताब संवाददाता

 

पाँचथर / पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्रा्ष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ।किरात लिम्बू जातिको लोकप्रिय च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ। स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो।

महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका च्याब्रुङगे टोलीलाई लाम्दाक अर्थात स्वागत गरिएको थियो भने च्याब्रुङ नाचसहित बजार परिक्रमा गरिएको थियो।महोत्सवको मंगलबार बिहान प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा.गोविन्दबहादुर तुम्बाहाम्फेले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल समारोह समितिका अध्यक्ष मनकुमार केरुङले जानकारी दिए ।महोत्सवमा लिम्बू जातिको मौलिक वेशभूषा, परिकार, फोटो र पुस्तकको स्टलसमेत राखिएको छ र भोली बुधबार केःलाङ र केसामबारे कार्यपत्र प्रस्तुति र छलफल हुने महोत्सव मूल समारोह समितिका सचिव मधुराज केरुङले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved