काभ्रे / जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरपुरमा डेरा गरी बस्ने एक युवकले घरबेटी महिलालाई बलात्कार गरेका छन् । ३१ वर्षीय सुनबहादुर लामाले घरधनी महिलालाई गत २३ जेठको राति १ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरिसकेको छ ।
अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक २६ असारमा बलात्कार गरेको प्रहरीले जनाएको छ । ‘मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती गर्यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ’ ३३ वर्षीया पीडित महिलाले भनिन् ।
लामा सो घरमा २०७२ सालदेखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दिक्तेल / प्रधानसेनापति पूर्णचन्द्र थापाले नेप... ... ...
खोटाङ / ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको ... ... ...
मोरङ / खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीब... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन व... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved