दुई स्थानमा आगलागी साढे ९ लाख बढी क्षति

  • प्रकाशित मितिः मंसिर, 17, 2075
  • पहिलो किताब संवाददाता

मोरङ / खोटाङ र मोरङ जिल्लामा आइतवार भएको आगलागीबाट अन्दाजी ९ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ ।

खोटाङको रावावेशी गाउँपालिका २ बस्ने ईश्वर बहादुर मगर र लोक बहादुर मगरको २ तले घरमा आगलागी हुँदा अन्दाजी ५ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको छ ।

आइतवार राती ८ बजेको समयमा २ वटा कोठामा छुट्टिएर बसेका दाजुभाईको घरमा ईश्वर बहादुर मगरको कोठामा खाना पकाउने क्रममा अचानक आगलागी हुँदा फुसको घर, लत्ता कपडा, अन्नपात र नगद ५१ हजार जलेर नष्ट भएको छ ।

आगलागी भएको जानकारी पाउनासाथ तत्काल अस्थाई प्रहरी चौकी खार्पाबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

त्यसैगरी मोरङको सुनवर्षी नगरपालिका ६ झपडतालमा गए राती भरत ताजपुरीयाको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती सवा २ बजेको समयमा ताजपुरियाको फुसको छानो भएको १ तले गाई गोठमा सिटी सफारी चार्ज गर्ने क्रममा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट गाई गोठ र सिटी सफारी पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ३ वटा चौपाया जलेर सामान्य क्षति भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved