सेनाद्वारा बम निष्कृय

  • प्रकाशित मितिः असार, 6, 2075
  • पहिलोकिताव संवादताता

धनकुटा  / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ ।आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको मध्यपहाडी लोकमार्ग निर्माण गर्न स्थापना गरिएको कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरी राखिएको बम बिहान ७ बजे २ बाहिनी हिले अड्डाबाट खटी गएको टोलीले निष्कृय गरेको थियो ।

 पाख्रिबास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडबुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो ।सो क्षेत्रमा गएरातिदेखि नै प्रहरीले सुरक्षा सतर्कता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्व समूहले बम राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले पाख्रिबास–लेगुवा सडक निर्माणमा लापरबाही गरेको भन्दै १५ दिनभित्र सुधार नगरे कारबाहीको चेतावनी दिएर विज्ञप्ति जारी गरेको थियो । सो विज्ञप्तिमार्फत लापरबाही गर्ने निर्माण कम्पनीलाई नेपाल सरकारसँग कारबाहीको माग गर्दै सरकाले कारबाहीको दायरामा ल्याउन नसके आफूहरुको जनसत्ताले कारबाही गर्ने जनाएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved