सीमामा अलपत्र परेकालाई नेपाल आउन दिने निर्णय, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

  • प्रकाशित मितिः चैत्र, 11, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ लकडाउनका कारण सीमामा अलपत्र परेका नेपालीलाई आज स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले ठुलो संख्यामा भारतबाट आएका गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीलाई कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए ।

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सुनाउँदै खतिवडाले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय भएको बताए।

आज सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरू अनिवार्य रूपमा क्वारेनटाइनमा बस्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी १४ दिन उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved