एजेन्सी / इंग्लिस क्लब म्यानचेस्टर सिटी फिफाको कारबाहीमा परेको छ । प्रिमियर लिगको साबिक विजेता सिटीलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मोटो आर्थिक जरिमानाको फैसला गरेको हो । सिटीमाथि युवा खेलाडी अनुबन्धमा नियम उल्लंघन गरेको आरोपमा फिफाको अनुशासन समितिले सिटीलाई ३१५,००० मिलियन पाउन्ड जरिमानाको फैसला गरेको हो ।
फिफाको दफा १९ मा अन्य देशबाट १८ वर्षभन्दा मुनिको खेलाडी अनुबन्ध गर्न नपाइने उल्लेख छ । तर, सिटीले नियम तोडेर खेलाडी अनुबन्ध गरेको पुष्टि गरेको छ । सोही आरोपमा प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगले समेत सिटीमाथि छानबिन गरिरहेको छ ।
ओखलढुङ्गा / आफ्नै श्रीमानले मरणासन्न हुनेगरी कुट... ... ...
ओखलढुङ्गा / घरमा अंशबण्डा सम्बन्धि भएको विवादमा ७... ... ...
धनकुटा / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्... ... ...
काठमाडौँ / माध्यामिक शिक्षा परीक्षा अर्थात सेक... ... ...
धनकुटा / धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा य... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved