वर्षापछिको विपद : मृत्यु हुनेको संख्या ७८ पुग्यो, ३२ जना बेपत्ता, ४० घाइते

  • प्रकाशित मितिः असार, 31, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं /  बिहिबार साँझादेखी परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएकोे बाढी पहिरोमा परि ७८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार झापामा ३, मोरङमा २, सुनसरीमा २, पाँचथरमा १, भोजपुरमा ५, इलाममा १, ओखलढुंगामा ४ जनाको मृत्यु भएको छ। त्यस्तै, खोटाङमा ३, उदयपुरमा १, महोत्तरीमा ४, धनुषामा ४, सिराहामा ४, सर्लाहीमा १, रौतहटमा ९, पर्सामा २, बारामा २, रामेछापमा १, सिन्धुलीमा ४, काभ्रेपलाञ्चोकमा ३ जनाको मृत्यु भएको छ। अविरल वर्षातका कारण काठमाडौंमा ३, ललितपुरमा ६, मकवानपुरमा ५, धादिङ्गमा २, पाल्पामा १, दाङ्गमा २, कपिलवस्तुमा १ र डोल्पामा २ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परि ३२ जना बेपत्ता भएका छन् भने ३,३६६ भन्दा बढीको सकुुशल उद्धार गरिएको छ । उद्धार गरिएकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी पहिरोका कारण ४० जना घाइते भएका छन् । घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved