प्रदेश अन्योलमा :नाम र स्थायी राजधानी समेत टुंगाो लाागन सकेन

  • प्रकाशित मितिः चैत्र, 20, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ कर्णाली प्रदेश बाहेक अन्य प्रदेशको नाम र स्थायी राजधानी अझै अन्योल बनेको छ । कर्णाली प्रदेशले आफ्नो नाम र राजधानी टुंगो लगाएपनि बाँकी ६ वटा प्रदेशमा छलफल समेत हुन सकेको छैन ।प्रदेश एकको अस्थायी राजधानी मोरङको विराटनगर तोकिएपनि स्थायी राजधानीका लागी छलफल समेत हुन सकेको छैन । प्रदेशको नाम समेत टुंगो लगाउन सकेको छैन 

प्रदेश नम्बर २ मा पनि यस्तै समस्या रहेको छ । जनकपुर अस्थायी राजधानी भएपनि स्थायी राजधानीबारे टुंगो लगाउन नसकेको मात्र होइन प्रदेशको नाम पनि अन्योल बनेको छ । प्रदेश तीनमा भने राजधानीको विषयमा विवाद देखिएको छ । हेटौडा पायक नपर्ने भन्दै नुवकोट र काभ्रेका प्रदेश सांसदहरुले छुट्टा–छुट्टै प्रस्ताव दर्ता गराएपनि राजधानीको विषयमा संसदमा टेबल नै हुन सकेको छैन ।

प्रदेश चार, पाँच र सात पनि यस्तै समस्या देखिएको छ ।संविधानको धारा २ सय ८८ को उपधारा २ ले सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको दुई तिहाई बुहमतबाट स्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । यस्तै प्रदेशको नाम निर्धारण गर्ने अधिकार समेत प्रदेशसभामा निहित रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved