राजेन्द्र किरातीको सम्झनामा गणतन्त्र एफएम

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इटहरी / धरानको छाता चौकमा कार्यालय रहेको र पुर्वमा नाम चलेको रेडियो गणतन्त्र एफएम जसको वास्तविक नाम भने जनगणतन्त्र एफएम थियो । माओवादी जनयुद्दसँगै जोडिएर संचालनमा आएको रेडियोमा कार्यरत संचारकर्मीमध्ये एक राजेन्द्र किराँती संचारमन्त्रालय कै सल्लाहकार वनेर भुमिका नर्वाह गरिसकेका छन् भने अर्का संचारकर्मी रघु गौतम दुग्ध विकास संस्थानको अध्यक्ष वनिसकेका छन् । 
 
युद्दकालमा माओवादी आन्दोलनको प्रचारकालागि स्थापीत गरिएको रेडियोको पनि वेग्लै ईतिहाँस र भुमिका रहेको छ । युद्द कालमा रेडियोमा कार्यरत संचारकर्मी राजेन्द्र किराँतीले राम कार्की संचारमन्त्रि रहेको समयमा संचार मन्त्रालयाको सल्लाहकारकोरुपमा भुमिका निर्वाह गरिसकेका छन् । राजेन्द् किराँतीले जनयुद्द कालमा अंग्रेजी समाचार वाचक र सम्पादकको रुपमा भुमिका खेलेका थिए । सो समयमा नेपाली समाचार वाचक र सम्पादकको भुमिका खेलेका रघु गौतम अहिले दुग्ध विकास संस्थानको नेतृत्वमा छन् । भने अर्का संचारकर्मी चोत्लुङ माओवादीको केन्द्रिय समिति एवं धरानमा स्थापीत युवा नेताको रुपमा सकृय छन् ।
 
टावर भौतिक संरचना सहितको रेडियो जनयुद्दकालमा कसरी चल्यो होला धेरैलाई अपत्यारिलो लाग्न सक्ला तर पनि २५ जनाले जनयुद्द कालमा भिन्न भिन्न ठाउँमा सारेर रेडियो चलाएका थिए । तत्कालीन जनगगणतन्त्र रेडियोको टिममा संलग्न एक नम्वर प्रदेशका भावी मुख्यमन्त्रि शेरधन राईका साथीसमेत रहेका राजेन्द्र किराँतीकै शव्दमा रेडियो र जनयुद्दको सम्झना 
 
राजेन्द्र किराँती
 
०४५ सालमा मोटो मसाल सँग निकट अनेरास्यवियुमा भोजपुर क्याम्पस भर्नासँगै संगठित हुन पुगे । जतिवेला एमाले नेता एवं भावी मुख्यमन्त्रि शेरधन राई र मसँगै एउटै कक्षामा सँगै पढ्थ्यौ । उनी मालेको विध्यार्थी संगठनमा थिए । म मोटो मसालमा आवद्द थिए । ०४५ सालमै राजनितिक जिवन आरम्भ थालेपनि विचमा म शिक्षण पेशामा आवद्द हुन पुगे । तर फेरि ०५८ सालवाट शिक्षण पेशा त्यागेर फेरि माओवादी आन्दोलनमा पुर्णकालीन कार्यकर्ता वनेर लागे ।
 
०६० सालमा म माओवादी जिल्ला कमिटि सदस्य वनेको थिए । सोहि समयमा मलाई रेडियो जनगणतन्त्रमा खटाईयो । रेडियोमा अंग्रेजी समाचारका लागि खटाईएसँगै मेरो पत्रकारीताको जिवन आरम्भ भयो । त्यसअघि समाचार सुन्ने र पढ्ने मात्रै गरेको मैले समाचार वनाउने र लेख्ने काम कम चुनौतीपुर्ण भने थिएन । सुरु सुरुमा अन्य संचारमाध्यममा आएका समाचारलाई पार्टी र आन्दोलन अनुकुल वनाउने गर्नु वाहेक विकल्प पनि थिएन । 
 
न त त्यो वेला ईन्टरनेट नै थियो न त हाम्रो पहुँचमा फ्याक्स नै थियो । विविसी लगायतका संचारमाध्यममा आएका समाचारलाई हामी हाम्रो पार्टी , आन्दोलन र मिसन अनुकुल वनाउने काम मात्रै गर्दथ्यौं । झण्डै २५ जना सँलग्न रेडियो को टिम त्यस्तो रह्यो जो सधैं सुरक्षा फौजवाट वचिराख्यो । हामीलाइृ सुरक्षा थ्रैट नभएको भने हैन रेडियो संचालनको क्षेत्र सुरक्षा फौजको कल्पनाभन्दा सँधै वाहिर नै रह्यो । रेडियोमा कार्यरत साथीहरुले सहादत त प्राप्त गर्नुभयो तर रेडियो संचालन भएको क्षेत्रमा भने त्यस्ता घटना भएनन् ।
 
अहिले एफएम रेडियोहरुका स्टुडियो हेर्नेहरुलाई अचम्म र उदेक लाग्न सक्छ तर जनयुद्दकालमा भने त्यहि रेडीयो उदयपुरको कमेरे , नगरे सिन्धुलिको फिक्कल सोलुको देउराली भोजपुर र खोटाङको सिमावर्ती छिन्ताङ डाँडा ,सेल्भे डाँडा टेम्के डाँडा  सईलाम डांडा  संखुवासभाको  वालासिसुवा धनकुटाको चित्रे डाँडा र धनकुटा मोरङको सिमावर्ती सिंहदेवी र थाम डाँडा लगायतवाट सो रेडियोको प्रशारण हुन्थ्यो ।
 
सो समयमा पनि रेडियोलाई चाहिने सवै सामान हामीसँग थिए तर पनि सवै पोर्टेवल डिभाईस थिए । खाली हामीसँग होन्डाको जेनेरेटरमात्रै हेभि डिभाईस थियो । सुरक्षा अवस्थालाइृ हेरेर एक स्थानवाट वढिमा ३ महिना मात्रै हामी रेडियो प्रशारण गर्ने गर्दथ्यौं । सुरक्षा थ्रेट महशुस भए मध्याराती हामी सुरक्षीत स्थान तर्फ लाग्ने गर्दथ्यौ । जसका कारण रेडियोको टिमले भौतिक क्षति व्यहोर्नु परेन । जसलाई हामी अहिले पनि सफलता ठान्दछौ । 
 
सिन्धुलीमा रहेको समयमा सुरुङ नै वनाएर वसेका थियौं तर तर मोरङको पार्टी गाउँवाट रेडियो संचालन गर्दा भने हामीले सुरुङ निर्माणमात्रै गरेनौ त्यहि सुरुङभित्रै स्टुडियो समेत वनाएर पहिलो पटक सुरुङमै रेडियो स्टुडियोको ईतिहाँस रच्न सफल वन्यौं । 
०६४ सालवाट भने सोहि रेडियोमा कार्यरत हामीसवै धरान झर्यौ र सामुदायिक रेडियोको रुपमा गणतन्त्र रेडियो संचालनमा ल्यायौ । जुन अहिलेपनि संचालनमा छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved