इटहरीबाट दुर्लभ बाघको छालासहित दुई पक्राउ

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इटहरी/ प्रहरीले इटहरीको हलगडाक्षेत्रबाट दुर्लभ वन्यजन्तु बाघको छाला र नगद साढे तीन लाखसहित दुईजनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालयका डिएसपी संजय राउत नेतृत्वको प्रहरी टोलीले हलगडा स्थित गणेश गुरुङको घरबाट गुरुङका छोरा श्यामबहादुर गुरुङ र इटहरी ६ का विनोद देवानलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद साढे तीन लाखसहित तीन थान मोबाइलसमेत बरामद गरिएको डीएसपी राउतले जानकारी दिएका छन् । पक्राउपछि अनुसन्धान थालिएको तर छाला कहाँबाट ल्याएको र कहाँ लान खोजिएको भन्ने नखुलेपनि विक्रीका लागि ल्याइएको प्रारम्भिक बयानका क्रममा खुलेको डीएसपी राउतले बताएका छन् ।

पक्राउ परेकासँगको बयानपछि गिरोहमा संलग्नको खोजी गरिने र पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय प्रहरीले बताएको छ। वरामद नगद भने सम्पति शुद्दिकरण विभाग पठाई सम्पति शुद्दीकरणको मुद्दा समेत चलाइने प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved