भिख मगाउन नेपालबाट बालक अपहरण

  • प्रकाशित मितिः मंसिर, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौँ/ भारतको विहार राज्यको सीतामढीको बालगृहमा एक महिनादेखि रहँदै आएका नेपालका १० बालश्रमिकलाई उद्धार गरी नेपाल ल्याइएको छ । सामाजिक अभियन्ता सरोज रायले अपहरित तथा श्रमिक बालबालिकालाई उद्धार गरी जिल्ला प्रशासन कार्यालय सर्लाहीको रोहबरमा परिवारलाई जिम्मा लगाइदिएका छन् ।

उद्धार गरिएकामा आठ जना बालक सर्लाहीका र दुई जना वीरगञ्जका रहेका छन् । उद्धार गरिएका मध्ये सात जना बालकलाई श्रमिकको रूपमा लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो भने तीन जनालाई नेपालबाट अपहरणकारीले अपहरण गरी भिख मगाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सामाजिक अभियान्ता रायको भनाई छ ।

उद्धार गरिएका बालकहरू लालबन्दी नगरपालिका–२ जुटपानीका ११ वर्षीय वीरबल पासवान, चन्द्रनगर गाउँपालिका¬–२ का १७ वर्षीय गङ्गा माझी मुसहर, १५ वर्षीय वीरबहादुर सदा, १७ वर्षीय जनक माझी, १४ वर्षीय भोला माझी, वडा नं. ६ का १६ वर्षीय रामचन्द्र माझी, १५ वर्षीय स्नेही माझी र ईश्वरपुर नगरपालिका–११ का सीताराम माझी र वीरगञ्जका १० वर्षीय किशन पटेल, सोही ठाउँका ८ वर्षीय सदरेआलम नदाफ रहेका राससले जनाएको छ ।

एक जना ठेकेदारले भारतको हरियाणा प्रान्तमा काम गराउन लैजाँदै गर्दा भारतीय प्रहरीले आफूहरूलाई उद्धार गरी बालगृहमा पु¥याएको चन्द्रनगर गाउँपालिका–२ का गङ्गा माझीले बताएका छन् । ठेकेदारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

एक महिनाभन्दा बढी समयदेखि बालकहरू सीतामढीको बालगृहमा बस्दै आएका थिए । त्यस्तै वीरगञ्जबाट पप्पु पाण्डे नाम गरेका व्यक्तिले आफूहरूलाई अपहरण गरेर लगेको वीरगञ्जका बालकहरूले बताएका छन् । रक्सौल घुमाई दिन्छु भनेर फकाएर आफूहरूलाई पाण्डेले भारतमा लगेको उनीहरूले बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved