९९औं अन्तर्राष्ट्रिय गोल गरेपछि रोनाल्डोले गरे यस्तो बाचा

  • प्रकाशित मितिः मंसिर, 2, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / अर्को वर्ष हुने युरो कपका लागि भएको छनौट खेलअन्तर्गत सन् २०१६ को च्याम्पियन पोर्चुगलले गत राति अन्तिम खेलमा लक्जेमबर्गलाई ०–२ ले हरायो । सोक्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले १ गोल गरे । सो गोलसँगै ३४ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको कूल गोल संख्या ९९ पुगेको छ ।

जुन अन्य कुनै पनि सक्रिय खेलाडीले गरेको भन्दा सर्वाधिक बढी हो । उनीपछि भारतका कप्ता सुनील क्षेत्री ७२ गोलसहित दोस्रो स्थानमा छन् । रोनाल्डो अब १०० गोलबाट मात्रै १ गोलले टाढा छन् भने फुटबल इतिहासकै सर्वाधिक गोलमा इरानका अली डेइको विश्वकीर्तिमानबाट मात्रै १० गोलले टाढा छन् । डेइको नाममा सर्वाधिक बढी १०९ अन्तर्राष्ट्रिय गोल छ ।

गत राति गोल गरेर ९९ गोल पुगेपछि रोनाल्डोले मिडियासँग कुरा गर्दै प्रतिक्रिया दिएका छन् । उनले आफूले समय आएपछि १०० गोल गर्ने र त्यसपछि सर्वाधिक गोलको रेकर्ड पनि तोड्ने बाचा गरे । ‘९९ गोलको अनुभूत मिठो भइरहेको छ । म आजै १०० गोल छुन चाहन्थें । तर, पछिल्ला तीन साता म १०० प्रतिशत फिट छैन । चोटका कारण पनि आफ्नो टिमलाई योगदान दिइरहको छु,’ रोनाल्डोले भने ।

रोनाल्डोले १०० गोल चाँडै आउने पनि बताए । ‘सम्भवतः अबको खेलमा यो पूरा हुनेछ । र, त्यसपछि म अर्को रेकर्ड पनि तोड्ने छु । मेरा समर्थकहरूसँग यो मेरो बाचा हो,’ रोनाल्डोले भने, ‘रेकर्डहरू तोडिन बन्छन् । आज म अरूको रेकर्ड तोड्छु । भोलि कोही आएर मेरो रेकर्ड तोड्छन् । यो सामान्य कुरा हो ।’

गत राति लक्जेमबर्गलाई हराउनेक्रममा रोनाल्डोले खेलको ८५औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए, जुन उनको करिअरमा देशका लागि ९९औं गोल थियो । सो जितसँगै पोर्चुगल अर्को वर्ष हुने प्रतियोगिताका लागि पनि छानिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved