सुरू भयो नागढुंगा सुरुङमार्गको निर्माण, प्रधानमन्त्रीले गरे देशकै पहिलो सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास

  • प्रकाशित मितिः कार्तिक, 4, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै पहिलो सडक निर्माण हुन लागेको सुरुङमार्ग र फ्लाई ओभरको शिलान्यास गरेका छन् । सोमबार अपराह्न ३ बजे प्रधानमन्त्री केपी ओलीले चन्द्रागिरी नगरपालिका १ दहचोकमा आयोजित कार्यक्रममा सुरुङमार्गको शिलान्यास गरेका हुन् ।

सुरुङमार्ग निर्माण कम्पनी जापानकाे हाज्मा आन्दो कर्पोरेसनले जग्गा भाडामा लिएर क्याम्प निर्माण थालिसकेको छ । सुरुङमार्गकै अंग हुने गरी दुई फ्लाई ओभर निर्माण हुँदै छन् । नेपालमा फ्लाई ओभर पनि पहिलो पटक निर्माण हुन लागेको हो । दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडक खण्डको बलम्बुमा निर्माण गरिनेछ । यसले त्रिभुवन राजपथमा सवारी आवात–जावतलाई सुरु गर्नेछ । 

अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । सुरुङ निर्माणले नेपालमा जापानी प्रविधि भित्र्याउने महत्वपूर्ण भूमिका खेल्ने सडक विभागको भनाइ छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved