भोजपुरमा जिपी फाउण्डेशनको कार्यालय स्थापना

  • प्रकाशित मितिः माघ, 23, 2075
  • पहिलो किताब संवाददाता

भोजपुर / पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गरेकी सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताउनुभयो । सो अवसरमा स्व कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको थियो ।

जिल्लामा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत रहेका छन् । उनीहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराराएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved