बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ

  • प्रकाशित मितिः पुष, 24, 2075
  • पहिलोकिताव संवादताता

भोजपुर /  भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् ।बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिएका छन् । आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताएका छन् । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved