१५ दिनदेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

  • प्रकाशित मितिः पुष, 6, 2075
  • पहिलोकिताव संवादताता

भोजपुर / तराईको मौसम अनुकूल नहुँदा नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरुद्ध भएको छ।

मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखाले जनाएको हो।

अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा ३ दिन विराटनगर उडान भर्दै आएको थियो।

निगमले अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत तथा ज्येष्ठ नागरिकलाई पनि १५ प्रतिशत छुटको व्यवस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं भने आइतबारबाहेक हप्तामा ६ दिन उडान भइरहेको निगमले जनाएको छ। 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved