भोजपुरमा बुलेरो दुर्घटना ७ घाईते

  • प्रकाशित मितिः मंसिर, 13, 2075
  • पहिलो किताब संवाददाता

भोजपुर / भोजपुरको अरुण गाउँपालिका३ लाखबिरेमा बुलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । आज बिहानको समयमाबिराटनगरबाट भोजपुरको दलगाउ तर्फ जाँदै गरेको को १ ज ३४९३ नम्बरको बुलेरो उक्त स्थानमा आफै अनिन्त्रित भई सडकबाट १० मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घटनामा परी अरुण गाउँपालिका ४ दलगाउ बस्ने बर्ष २६ कि उषा राई, बर्ष ४ की युमिहाङ राई, बर्ष ३५ की शारदा राई, बर्ष २८ की सरिता राई, बर्ष २७ की अनिता राई, बर्ष २६ कै उषा राई र षडानन्द नगरपालिका १३ बोया बस्ने बर्ष २४ को तेन्जिङ शेर्पा घाईते भएका हुन् ।घाईतेलाई प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि धरान स्थित बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ भने घाईते सबैको अबस्था तत्काल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved