भोजनपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

  • प्रकाशित मितिः कार्तिक, 28, 2075
  • पहिलोकिताव संवादताता

भोजपुर / भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । प्रतिवेदनमा एक वर्षभित्र भोजपुरमा पाँच पुरुष, तीन महिला र एक बालिका गरी नौ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै सात महिला र १२ बालिका गरी १९ जना बलात्कृत भएका छन् भने पाँच महिला र तीन बालिका बलात्कारको प्रयासबाट पीडित भएका छन् । 

त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास चार, घरेलु हिंसा एक, बहुविवाह दुई र मानव बेचबिखनका एक वटा घटना गरी जिल्लाभर ८५ वटा घटना सङ्कलन गरेको इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले जानकारी दिए । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घट्न सक्ने घटनाको न्यूनीकरणका लागि सबैलै एकजुट भएर लाग्नुपर्ने बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशनपूर्व, सन् २०१८ मा भोजपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै ‘पुस्तक पूर्वसमीक्षा र जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रम गरिएको हो । 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved