रुद्राक्ष किन्ने चिनियाँलाई गाउँ पस्न रोक

  • प्रकाशित मितिः कार्तिक, 16, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्।षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका रुद्राक्ष लैजाने चिनियाँ व्यापारीलाई गाउँ पस्न बन्देज लगाइएपछि किसानले उत्पादन गरेको रुद्राक्ष कारोबारमा समस्या आइको हो।

रुद्राक्षका दाना टिप्ने मौसममा नगरपालिकाले ल्याएको यस्तो नीतिले किसानले उत्पादन गरेको रुद्राक्षको माग घटेको छ।भदौको पहिलो साता नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, जिल्लाका सुरक्षा निकाय र नगरपालिकाको संयुक्त बैठकले विदेशी व्यपारीका सुरक्षाका लागि गाउँ पस्न रोक लगाउने निर्णय गरेको थियो।

यो निर्णयसँगै किसानहरूले सोचेअनुसार रुद्राक्ष व्यापार गर्न नपाएको गुनासो गरेका छन्। ‘प्रहरीले बर्सेनि नियमित रूपमा आइरहने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाएको छ’ । आजको कान्तिपुर दैनिमा यो खबर छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved